• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीका विभिन्न योजनाहरुको अनुगमन गर्दै उपाध्यक्ष जिसी




बंगलाचुली । बंगलाचुली गाउँपालिका विकास योजनाको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भक्त बहादुर जिसीले स्थलगत अनुगमन गर्नुभएको छ ।

आर्थिको वर्षको अवधि सकिदै गर्दा पालिकाभित्र रहेको विभिन्न योजनाहरु सम्पन्न भए/नभएको अवस्था बुझ्न अनुमगन समितिका संयोजक जिसीसहितको टोली फिल्डमा पुगेको हो ।

बंगलाचुली वडा नम्बर ८ भित्र पर्ने स्वामीघाट, स्याला र गोठिबन मोटर बाटो , खड्क मन्दिर माबि हासिपुरमा बिज्ञान समाग्रीको र प्राबी अर्जुन खोलामा बन्दै गरेको भवन लगायत योजनाहरुको स्थलगत अबलोकन गरि उपाध्यक्ष जिसीले योजना अनुसार काम गर्न र सयमा अबधिमा काम गरि सक्न निर्देशन दिनु भयको छ । साथै स्वास्थ्य चौकी हासिपुरको नियमित अनुगमन समेत गर्नु भएको छ ।

विकास निर्माणका योजनाहरुको अवलोकनका क्रममा उपाध्यक्ष जिसिले गाउँपालिका क्षेत्रमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भइसकेका र अहिले निर्माणाधीन अवस्थामा  विकास निर्माणका योजनाहरुको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।उहाले बंगलाचुली गाउँपालिकाले विकास निर्माणको गुणस्तरियतामा जोड दिदै आएको बताउदै त्यसमा कुनैपनि प्रकारको समझौता नगरिने बताउनु भयो ।पालिका , संघ वा प्रदेश जुन सुकै बजेटबाट विकास निर्माणको कार्यभएपनि पालिकामा निर्माणाधीन विकास निर्माणको योजनाहरुको गाउँपालिकाबाट निरन्तर निरिक्षण एवम अनुगमन गर्दै आएको भन्दै उहाले गुणस्तरमा भने पालिकाले कुनै सम्झौता नगर्ने गरेको जिकिर गर्नु भयो । पालिका क्षेत्रमा भइरहेका विकास निर्माणका कामममा जनप्रतिनिधी र स्थानीयवासीले पनि निगरानी राख्नु पर्ने उपाध्यक्ष जिसिले बताउनु भयो ।

बंगलाचुली गाउँपालिका अनुगमन समितिको संयोजक भक्त बहादुर जिसी, सदस्य रमाकुमारी पुन, सदस्य गणेश बिक, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी शिक्षा शाखा प्रमुख ओमप्रकाश केसि र प्राबिधिक ऋषि केस छेत्री लगायतले योजनाहरुको स्थलगत अनुगमन गर्नुभयको थियो ।

Facebook Comments