• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेका ३३ जना बालबालिका कुपोषित




रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा ३३ जना कुपोषित बालबालिका भेटिएका छन् । बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन फित्ता मुवाक टेपले नाप्दा ६७८ जना मध्ये ३३ जनालाई कडा खालको कुपोषण भएको पत्ता लागेको छ।

भूमे गाउँपालिकाको समन्यमा र गोर्खा वयलफेर ट्रस नेपालको आर्थिक सहयोगमा भूमे गाउँपालिका भित्र रहेका ४६ जना स्वास्थ स्वयमविकाबाट लिएको तथ्यांकअनुसार भूमे गाउँपालिकामा ३३ जना बालबालिका कुपोषित भएको भूमे गाउँपालिका स्वास्थ शाखाका प्रमुख उपेद्र यादवले जानकारी दिनुभएको छ।

भूमेको ९ वटै वडा भरी ६७८ जनामा परिक्षण गर्दा ३३जना कुपोषित पत्ता लागेको यादवले बताएका छन् ।

उहाँले भन्नुभयो कुपोषण भएका बालबालिकालाई खानपानमा ध्यान दिएर सुधार गर्न सकिन्छ भन्नेबारे स्वास्थ्य परामर्श नपाएका कारण ति बच्चाहरुलाई पछि कडा कुपोषण हुने गरेको बतानुभएको छ।

Facebook Comments