• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान




काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023)मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् ।

बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्नेछन् । मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नेछन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्नेछन् ।

कोरियास्थित् आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र (korea saemual undong center)ले आयोजना गरेको हो ।

दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदी लगायतले अनुगमन गर्ने कार्यतालिका छ ।

यो कार्यक्रम शुक्रबारसम्म जारी रहनेछ । मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

Facebook Comments