• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेविसंघद्वारा कोइरालाको जन्मजयन्तीमा मानव कल्याणलाई औषधी हस्तान्तरण




दाङ । नेपाली काङ्रेसका पुर्व सभापती स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तिका अवसरमा नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ समितिले नारायणपुर स्थित मानव कल्याण समाजलाइ औषधि वितरण गरेको छ ।

मानव कल्याण समाजमा आश्रय लिएर बसेका ३० जनाका लागि रुघा खोकी, ज्वरो, ग्याष्ट्रीक,घाटिको समस्या,टाउको दुख्ने,शरिर दुख्ने समस्या बिरुद्धका औषधि संगै भिटामिन हरु हस्तान्तरण गरिएको थियो ।इकाइ अध्यक्ष चुडामणि डागिको अध्यक्षता एवं नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको प्रमुख आतिथ्यता तथा नेविसंघ नेता निरज गिरि,महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डिसि, अम्बिकेश्वरी क्याम्पस स्ववियु सभापति रनबहादुर खड्काको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेविसंघ जिल्ला अध्यक्ष पोख्रेलले नेविसंघ विद्यार्थीका हकहितका मुद्दा संगै सामजिक कार्यमा अघि बढिरहेको बताए । काङ्ग्रेस नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मरणमा नेविसंघले सामाजिक कार्य गरेको स्मरण गराउदै पोख्रेलले कोइरालाको स्मरण सबैले गर्नु पर्ने बताए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्यामपस स्ववियु सदस्य रमिला शर्माले स्वागत गरेको कार्यक्रममा मानव कल्याण समाजकी सन्चालिका सन्जिता श्रेष्ठले धन्यवाद दिएकी थिइन् । कार्यक्रमको सहजीकरण इकाइ उपाध्यक्ष विजय बिष्टले गरेका थिए ।

Facebook Comments