• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सन्दर्भ : गुरु पूर्णिमा, भिएनमा गुरुहरुलाई सम्मान




घोराही । दाङको घोराही उपमहानगरपालिका – १५ मा रहेको भिएन स्कूल एण्ड कलेजमा विद्यार्थीले गुरुहरुलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसरमा सोमबार एक कार्यक्रमका बीच विद्यार्थीले विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरेका हुन् ।

विद्यालयका निर्देशक वसन्त प्रसाद रिजालले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरुलाई आशिर्वाद दिँदै गुरु पूर्णिमाको संस्कारलाई निरन्तरता दिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रिजालले आफूलाई हरेक क्षेत्रमा मार्गनिर्देश गर्ने गुरुहरुलाई उच्च सम्मान गर्नुपर्ने कुरामा जोडका थिए ।
त्यस्तै विद्यालयका प्रिन्सीपल द्रोण खड्काले शिक्षाको ज्योति प्रदान गर्ने गुरुप्रति विद्यार्थीले सधै श्रद्धाभाव प्रकट गर्नुपर्ने बताए । उनले यो गुरु पूर्णिमाले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध थप प्रगाढ बनाउने भन्दै गुरु पूर्णिमाको संस्कारलाई विद्यार्थीले कहिल्यै भुल्न नहुने कुरामा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफूलाई शिक्षा प्रदान गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।

सोही अवसर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच कविता प्रतियोगिता भएको समेत विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रमको संयोजन विद्यालयकी कोर्डिनेटर शान्ति हमालले गरेकी थिइन् ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन रहेको छ ।

विद्यालयका प्रिन्सीपल द्रोण खड्काको अध्यक्षता एवं विद्यालयका निर्देशक वसन्त प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ का छात्रा प्रिसा हमालको स्वागत गीतबाट सुरु भएको कार्यक्रमको सहजीकरण कक्षा ९ अध्ययनरत छात्रा प्रतीक्षा सुनारले गरेकी थिइन् ।

Facebook Comments