• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण




घोराही । सञ्चारकर्मी तथा युवा सचेतक सुशील परियारले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिनको मनाएका छन् । बंगलाचुली गाउँपालिका–६ मा रहेको सरस्वती प्राविका विद्यार्थीहरुलाई आइबार शैक्षिक सामग्री वितरण गरेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

पछिल्लो समय जन्मदिनलाई मान्छेहरुले फजुल खर्चको रुपमा मनाउदै आइरहेको हुँदा अब कुनैपनि उत्सवहरुमा अनावश्यक फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि आफ्नो जन्मोत्सवलाई फरक तरिकाले मनाएको सञ्चारकर्मी सुशीले जानकारी दिए ।

विद्यालयमा अध्ययन गरिरहेका ३६ जना विद्यार्थीहरुलाई कपी, कलम, कलर लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

Facebook Comments