• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रयोगात्मक व्यवसायको नाफाबाट बृद्धाश्रमलाई खाद्यान्न सहयोग




घोराही । दाङको घोराही उपमहानगरपािलका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको बिभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानीले घोराही १६ तेरौटेमा रहेको बृद्धा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । सैद्धान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थीहरुलाई ब्यबसायमा खटाएको थियो ।

घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाइसँगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थिहरु यो कृयाकलापमा सहभागि भएका थिए । बिद्यार्थिले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम आज एक कार्यक्रम गरी बृद्धाआश्रममा खाद्यान्न सहयोग गरेका हुन ।

शिक्षासंगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु ब्यबस्थापन संयोजक कृष्ण देव थापाले बताउनु भयो । पढाइपछि भबिष्यमा सबै बिद्यार्थिहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै बिद्यार्थिहरु ब्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका प्लस टु प्रमुख निमानन्द गैलेले बताउनुभयो ।

यसरी बिभिन्न संघ सस्थालाई संस्था चलाउन निकै सजिलो भएको बृद्धाआश्रम संचालक समितिका अध्यक्ष भुपाल गिरीले बताउनुभयो । कक्षा १२ मा अध्यणरत छात्रा स्विकृति आचार्यको अधयक्षता तथा बृद्धा आश्रमका अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले गर्नुभएको थियो । कार्यक्रममा कक्षा १२का बिद्यार्थी गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा कृष्णराज डिसि , ब्यबस्थापन संयोजक कृष्णदेव थापा लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments