• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित समुदायका व्यवसायीहरुलाई कटाई सिलाई एड्भान्स तालिम प्रदान




सल्यान । सल्यानको कालिमाटीमा कटाई सिलाई गर्दै आइरहेका दलित समुदायका व्यवसायीहरु एडभान्स तालिम प्राप्त गरेपछि दक्ष बनेका छन् । पालिकाभित्र व्यवसाय गरिरहेका ९ जनाले दुई महिने एडभान्स कटाई सिलाई तालिमबाट सिप सिकेका हुन् । तालिममा दक्ष प्रशिक्षकबाट दौरा, सुरुवाल, सुट, पाइन्ट, चौबन्दी चोली तयार गर्न सिकेको भन्दै तालिममा सहभागी व्यवसायी रोमन परियारले अझै बढी सिप सिक्न आवश्यक रहेको बताए ।

सफल व्यवसायी उत्पादनका लागि कालिमाटी गाउँपालिकाले दलित उत्थान कार्यक्रम अन्तर्गत एडभान्स कटाई सिलाई तालिम सञ्चालन गरेको तालिम संयोजक दिप बहादुर वलीले जानकारी दिए ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर केसीले सिप प्राप्त नागरिकक उत्पादनमा आफुहरुको जोड रहेको बताए । उनले सिकेको सिपलाई प्रयोग गर्दै गुणस्तरिय सेवा दिन र आर्थिक रुपमा सबल बन्न आग्रह गरे । ‘दौरा,सुरुवाल, कोट पाइन्ट सिलाउन मानिसहरु पालिका वाहिर जाने गर्छन् । अव यसका लागि यहीँको जनशक्ति दक्ष भयो भने सेवा पनि राम्रो हुने, पैसा पनि पालिकामै रहने हुन्छ,’ अध्यक्ष केसीले भने ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, आर्थिक विकास समितिका संयोजक इन्द्र बहादुर वली लगाएतले मन्तव्य राख्दै आफ्नै घरआँगणमा एड्भान्स तालिम लिन पाउनु सुखद विषय भएको बताउँदै सिप विकास र त्यसबाट आर्थीक अवस्थालाई माथि उठाउन गाउँपालिकाले निरन्तर रुपमा यस किसीमका कार्यक्रम सञ्चालन गर्ने बताए । दुई महिले तालिममा सहभागिहरुलाई एक एक सेट कटाई सिलाई मेसिन र सम्बन्धीत सामग्री समेत हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रमको सहजिकरण रोजगार सेवा केन्द्रका गोविन्द खड्काले गरेका थिए ।

 

Facebook Comments