तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले दाङको घोराही स्थित शहीद कृष्णसेन स्मृति बहुप्राबिधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरि १२ वटा प्राबिधिक बिषयको अध्यापन भइरहेको छ ।
त्यस क्रममा प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आबश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटकालागि बजेट आबश्यक रहेको बताउनुभयो । साथै स्कुल बसलगायत आबश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा मन्त्री मास्कीले अहिले प्रदेश सरकारले २० लाख रुपैँया उपलब्ध गराएको र आगामी दिनमा पनि आबश्यक बजेटको ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राष्ट्रिय शहीदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयहरुलाई राजनीतिक पूर्वाग्राही ढंगले नहेरी सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । उहाँले शहीदको नाममा खोलिएका यस्ता शिक्षालयहरुलाई अझ शसक्त बनाउनु पर्ने समेत बताउनुभयो ।
कृष्णसेन सबै प्रदेशमा एक नमूना शिक्षालय अन्तर्गत लुम्बिनी प्रदेशको नमूना शिक्षालय रहेको सहायक प्रमुख केशरमान वीसीले बताउनुभयो । उहाँका अनुसार २०७५ सालदेखि उक्त शिक्षालय सञ्चालनमा आएको हो ।
हाल शिक्षालयमा बिभिन्न विषयमा ३०८ विद्यार्थीले अध्यापन गरिरहेका छन् । बन विज्ञान, फुड एण्ड डेरीलगायतका विषयहरु अध्यापन हुने गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।