• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्टहरु एकताबद्ध हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड




काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिस्ट एकीकरणका लागि एकताबद्ध हुन आव्हान गर्नुभएको छ । ३४औँ स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरूले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिस्ट एकताका लागि पहल गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौँ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौँ ।’ देशका वामपन्थीहरूलाई एकताबद्ध गरेर आम श्रमजीवी जनताको हित र नेपाल राष्ट्रको स्वतन्त्रता र स्वाधीनताको सुदृढीकरणका निम्ति अझ गम्भीरतापूर्वक अगाडि बढ्ने उहाँले आफूहरूको सङ्कल्प रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीले अहिले देशव्यापी स्वरूप लियो । देशको पहिलो शक्ति बनिसक्यो । यो शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको नयाँ यात्रा अगाडि बढ्न सक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्‍यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर जान सकिन्छ र समाजवादतिर पनि देशलाई डोर्याउन सकिन्छ भनेको थिएँ । र, कम्युनिस्ट एकता भयो पनि । देशको सबैभन्दा ठुलो शक्तिलाई झन्डै दुईतिहाई  मत प्राप्त पनि भयो ।

 

जनतामा ठुलो उभार र उत्साह देखापर्यो । कम्युनिस्ट समर्थक र शुभेच्छुकमा ठुलो उत्साह र उभार देखापर्यो । प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतङ्क जस्तो भयो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । त्यो एकतालाई बचाएर राष्ट्र, जनता र समाजवादको हितमा प्रचुर सम्भावना थियो, त्यो बचाउन सकिएन । म यसमा कसैलाई दोषारोपण गर्दिनँ । हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ । किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, सङ्घर्ष विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ ।’

Facebook Comments