• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार




घोराही । राप्ती नदीमा आएको बाढीमा फसेका बाँकेका ६ जनाको सकुशल उद्धार गरिएको छ। बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका १ जना पुरुष र ५ जना महिला बाढीमा फसेका थिए।

बाढीमा फसेका उनीहरूको शनिबार राति नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनौ, दिलिसा थापा र ममता पुनको उद्धार गरेको हो।

Facebook Comments