• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा आमा समूह




दाङ । लागु औषध दुव्र्यसनी विरुद्धको अभियानमा आमा समुहले क्रियाशीलता बढाउन थालेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको सक्षम वडास्तरीय आमा समुहको अयोजनामा शनिबार एक कार्यक्रम गरि बालबालिकाहरुलाई लागु औषध तथा दुव्र्यसनी विरुद्ध सचेतना प्रदान गरिएको छ ।

आमा समुहका अध्यक्ष देवा सेनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष भानसिं बुढाको वशिष्ठ आतिथ्यतामा कार्यक्रम गरी सचेतना प्रदान गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख गजेन्द्र शाही र निणर्य पुनस्र्थापना केन्द्र घोराहीका परामर्शदाता विष्णु वलीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै उपमेयर डिसीले समाजमा दैनिक रुपमा बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि सबैले आ आफ्नो ठाउँबाट अभियान थाल्नु पर्ने बताउनुभयो । बालबालिकाको सबैभन्दा नजिक आमा हुने भएकाले आमाहरुले आफ्ना सन्तान माथि निगरानी बढाउनु पर्ने बताउनुभयो ।

यस्तै वडा अध्यक्ष बुढाले घरपरिवार, टोल, वडा हुदै लागु औषध दुव्र्यसनी न्यूनिकरण गर्न सबैले चासो देखाउनु पर्ने बताउनु भयो । यो काम प्रहरी र सरकारको मात्रै हो भनेर कोही पनि पन्छिन नहुने भन्दै घरपरिवार भित्रैबाट यो अभियान थाल्नु पर्नेमा उहाँले जोड दिनुभयो । लागु औषध दुव्र्यसनीको समस्या रोगका रुपमा विकास भएको भन्दै यसलाई रोक्नका लागी प्रहरी र सरोकारवाला निकायलाई सबैको साथ आवश्यक पर्ने वडा अध्यक्ष बुढाले बताउनु भयो । कार्यक्रमको सहजिकरण आमा समुहका सचिव भिमकुमारी बुढाले गर्नुभएको थियो ।

Facebook Comments