• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादीका नेताकार्यकर्ता सामूहिक उत्पादन गर्दै, ७ बिघा जग्गामा सित्तल चिनीको खेती सुरु




घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताकार्यकर्ता सामूहिक उत्पादन कार्यमा जोडिएका छन् ।
पार्टीका नेताकार्यकर्ताहरुले उत्पादनमा आफूहरूलाई आत्मनिर्भर बनाउने  र खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले दाङमा ७ बिघा क्षेत्रफलमा सित्तल चिनीको खेती सुरु गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन `नजर´ले उत्पादनमा जोडिने उद्देश्यले घोराही उपमहानगरपालिका- २ चाक्लीघाँटमा परीक्षण स्वरुप सित्तल चिनीको खेती सुरु गरेको बताए । उनले ७ बिघा जग्गा १० वर्षका लागि लिजमा लिएर करिब ३६ लाख लगानीमा सित्तल चिनीको सामूहिक खेतीलाई अगाडि बढाएको जानकारी दिए ।

नेता नजरका अनुसार अहिले नर्सरीमा ४० हजार सित्तल चिनीको बिरुवा रहेको र  ७ बिघा क्षेत्रफलमा करिब ३० हजार बिरुवा रोपिने भएको छ । उत्पादन परीक्षणका लागि  रोहित र पिके एम वन गरि दुई प्रजातिका बिरुवा रहेका छन् ।

यो बिरुवाको उत्पादन परीक्षणका लागि खेती प्रारम्भ गरेको र यसको सफल परीक्षण भए ठूलो परिमाणमा खेती गर्ने उनको नभाइ थियो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुन्टीगढी गापाका  अध्यक्ष जगत घर्तीले उत्पादनमा आत्मनिर्भर बन्न र व्यवसायिक खेती गर्ने उद्देश्यले सामूहिक उत्पादनमा जोडिएको बताए । उनले दाङको चाक्लीघाँटमा यो वर्ष ७ बिघा जमिनमा सित्तल चिनीको बेर्ना रोपाइँ गरेर खेती प्रारम्भ गरेको जानकारी दिए ।

दाङमा उत्पादनको परीक्षणका लागि सित्तल चिनीको खेती सुरुवात गरेको भन्दै उत्पादनको सम्भावित क्षेत्रको अध्ययन गरि अर्को वर्ष खेती प्रणालीलाई व्यापक बनाउने र भूगोल अनुसार उत्पादनमा जोडिने नेता जगतले भनाइ छ ।

इण्डियाबाट २० केजी सित्तल चिनीको बिउ ल्याएर बेर्ना तयार पारिएको हो, भने  सित्तल चिनी बीउको मूल्य प्रति केजी १४ हजार रुपैयाँ रहेको छ ।

यो अर्गानिक खेती अन्तर्गत पर्ने बिरुवाले  रोपेको ६ महिनादेखि उत्पादन दिन सुरु गर्छ भने यसको आयु १० वर्षको रहेको हुन्छ ।  पात र फलबाट आम्दानी लिन सकिने यो बिरुवामा २६ प्रकारका क्यालोरीहरु  पाइने गरेका छन्  ।

सित्तल चिनीको बजार मूल्य राम्रो रहेको छ । यसको पात काँचो प्रति किलो ४० रुपैयाँ रहेको छ भने सुकेको पातको मूल्य प्रति किलो ५ सय रहेको छ ।

विश्वमा सित्तल चिनीको उत्पादन परीक्षण गरिएको भएतापनि दुई देशमा मात्र सफल भएको मानिन्छ ।

सामूहिक उत्पादनको नीतिगत कमान्ड नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन `नगर´ले गरेका छन् भने फिल्ड कमान्ड नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुन्टीगढीका कोषाध्यक्ष  जंग घर्तीले गरिरहेका छन्  ।

 

Facebook Comments