• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित भनेर विभेद गर्ने घरबेटी पक्राउ




घोराही । दाङको घोराहीमा दलित भनेर विभेद गर्ने घरबेटी पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका–१७ निवासी ताराप्रसाद पोख्रेललाई पक्राउ गरेको हो ।

पोख्रेलले आफ्नो घरमा डेरागरी बस्ने अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छोड्न दबाव दिएको आरोप रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

पोख्रेलले घरमा कोठागरी बस्ने दुई जनालाई दलित भएको थाहा पाएपछि शुक्रबार कोठा छोड्न दबाब दिएको भन्दै पीडितहरुले प्रहरीमा उजुरी दिएको प्रहरीले जानकारी दिएको छ । उहाँहरु दुवै जना संचार क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

प्रेस सेन्टर नेपाल दाङ शाखा र दलित पत्रकार संघले परियार र विश्वकर्मामाथि भएको घटनाको बिरोध जनाउँदै घट्नामाथि सत्यतथ्य अनुसन्धान गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Facebook Comments