• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चार पटकको विश्व विजेता वेस्ट इन्डिज विश्वकपबाट बाहिरियो




दाङ । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नुहने भएको छ। जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ ।

समूह चरणबाट अंक विहीन हुँदै सुपर सिक्समा पुगेपछि वेस्टइन्डिजको विश्वकप सम्भावना न्यून बनेको थियो । पहिलो खेलमै सुपर सिक्समा स्कटल्यान्डसँगको हारले औपचारिक रुपमै बाहिरिएको हो । सुपर सिक्समा वेस्टइन्डिजले अव श्रीलंका र ओमानसँग खेल्न बाँकी छ । यी दुई टोलीलाई हराउँदा ४ अंक हुन्छ । तर सुपर सिक्समा समान दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको ६(६ अंक हुँदा वेस्टइन्डिज बाहिरिएको हो ।

वेस्टइन्डिज कुनैपनि विश्वकपमा पहिलो पटक नहुने भएको छ । सन् १९७५ देखी सुरु भएको विश्वकपमा वेस्टइन्डिज सबै प्रतियोगिता खेल्दै आएको थियो । १९७५ र १९७९ को सुरुवाती दुई संस्करणको वेस्टइन्डिज च्याम्पियन समेत हो ।

१९८३ को संस्करणमा उपविजेता बनेको थियो । त्यसपछि भने वेस्टइडिजले विश्वकपको फाइनल खेल्न सकेको थिएन । तर सबै संस्करण खेल्दै आएको थियो ।

आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पहिलो पटक वेस्टइन्डिज हुने छैन । टि२० विश्वकप २००७ देखी सुरु भएको थियो । सबै संस्करण खेल्दै आएको छ । वेस्टइन्डिजले २०१२ र २०१६ मा टि२० विश्वकप जितेको थियो । टि२० विश्वकप दुई वर्षको अन्तर र एकदिवसीय चार वर्षको अन्तरमा हुने गर्दछ । त्यस्तै यू१९ विश्वकपमा पनि वेस्टइन्डिजले सबै संस्करण खेल्दै आएको छ ।

Facebook Comments