• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महासचिव  विप्लवद्वारा धान रोपेर श्रम उत्सवको उद्घाटन




कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम सी विप्लवले कपिलवस्तुमा धान  रोपेर श्रम उत्सवको उद्घाटन गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गत आज शुक्रबार कपिलवस्तुको शिवगढीमा धान रोपेर श्रम उत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेता-कार्यकर्ता , कलाकारहरुले युजिन पोत्तरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गीत गाउँदै धर्ती हामी श्रमिकको हो होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।

महासचिव विप्लवले उद्घाटनका अवसरमा संक्षिप्त सन्देश दिदै आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता  बनाउने उद्धेश्यले पार्टीले देशभर उत्पादनका काम गरिरहेको र सोही अवसरमा कपिलवस्तुमा धान रोपेर श्रम उत्सवको औपचारिक रुपमा सुरुवात गरिएको बताए ।

उद्घाटनपुर्व महासचिव विप्लवसहित हातहातमा धानका बीउ समाएका नेता-कार्यकर्ता , कलाकार , पत्रकार लगाएत सहभागीहरुले उत्साहका साथ इन्द्रेनी टिमलाई समेत स्वागत गरेका थिए ।

उद्घाटनपछिको धान रोपाइँमा इन्द्रेनी टिमका कलाकार छत्र शाहिले महासचिव विप्लवसहितका नेता-कार्यकर्ता सहितका सहभागीहरुसंग धान रोप्दै “असाढ रोपेका धान कार्तिक काटिन्छ , यस्तै कृषि गर्यो भने मन मुटु साटिन्छ”भनेर गितको भाकासहित श्रम उत्सवमा झनै सुनमा सुगन्ध थपेका थिए ।

Facebook Comments