• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पस परिसरमा वृक्षारोपन




दाङ ।असार १५ को उपलक्ष्यमा बिगतका बर्षमा जस्तै अम्बिकेश्वरी क्याम्पस परिसरमा बृक्षारोपन कार्यक्रम गरिएको छ ।

क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस अध्यक्ष द्रोण खड्का ,सहायक क्याम्पस प्रमुख राज शिह जोरा , क्याम्पस निर्देशक वसन्त राज रिजाल , क्याम्पस अनुसासन बिभाग प्रमुख गौरव भट्ट सहभागी हुनु भएको थियो ।

करिब १०० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण तथा ब्यबस्थापन अम्बिकेश्वरी स्ववियु सभापति रण बहादुर खड्का कोषाध्यक्ष राजन घर्ती र सदस्य बिनोद चौधरी ,सन्जय केसि , गौरव बस्नेतले गर्नु भएको थियो । कपुर, शमी , दालचिनी ,धुपी र असोकका बिरुवा हरु रोपिएका छन ।

साथै असार १५ को अबसरमा दहि र चिउराको पनि ब्यबस्थापन गरिएको थियो ।

Facebook Comments