• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चोकबाट सर्वसाधारणलाई निशुल्क दहि च्युरा




हेमराज शर्मा
दाङ। मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङले आज सर्वसाधारणलाई दहि च्युरा खुवाएको छ ।

असार १५ गते दहि च्युरा खाने परम्परालाई कायम राख्दै सर्वसाधारणलाई समेत खुवाउने उद्देश्यले चोकमा बसेर दहि च्युरा खुवाइएको मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङका अध्यक्ष शालिकराम खनालले जानकारी दिनुभएको छ ।

घोराहीको तुल्सिपुर चोकमा रहेको सहकारी बजारको प्राङ्गणबाट बाटोमा हिड्ने सर्वसाधारणलाई दहि च्युरा खुवाइएको थियो । तुल्सिपुर चोक भएर ओहोरदोहोर गर्ने पैदलयात्रुलाई बोलाइ बोलाई दहि च्युरा खुवाइएको थियो । यसका साथै
घोराही बजारमा हिड्नेदेखी घोराही
दहि च्युरा खान जानेमा वडा अध्यक्ष, सुरक्षाकर्मी समेत थिए ।

दहि च्युरा खुवाउने कार्यमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यावसायी संघ दाङका पदाधिकारी, सदस्य दिनभर खटेका थिए ।आवश्यक पर्ने दहि, च्युरा, केरा लगायतकाको सफा सुग्घर तरिकाले ब्यवस्थापन गरेका कारण खाउखाउ लागेको दहि च्युरा खान पुगेकाले बताएका छन ।

Facebook Comments