• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाले देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्दै, करिब ८० बिघा खेतमा धान रोप्ने




कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीले (भोलि) असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको  उद्घाटन गर्ने भएको छ ।

नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु ,चितवन,वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्न लागेको हो।

नेकपाले आफ्नो केन्द्रिय कार्यलय कपिलवस्तुमा भने महासचिव विप्लव सी लगायतका नेता कार्यकर्ता ,इन्द्रेणी कलाकार परिवार ,सामना कलाकार परिवारको सहभागितामा अन्तर्राष्ट्रिय गीत गाएर श्रम उत्सवको भव्य उद्घाटन गर्दै छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले  श्रम उत्सवको बिहान साढे ६ बजे औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ।

उद्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड  सी,स्थायी समिति सदस्य शिलु सी,सुशील सी, पोलिट व्युरो सदस्य धुर्व सी लगाएतका केन्द्रिय  नेताहरु र कार्यकर्ताको सहभागीता हुने  छ।

महासचिव विप्लव ,स्थायी समिती सदस्य शिलु सी र सुशील सी कपिलवस्तु पुगिसकेका छन भने अरु नेताहरु पुग्ने क्रम जारी छ।

महासचिव विप्लव सहितका नेताहरूको प्रत्यक्ष  सहभागीतामा बिहीबार (आज)मात्रै २० किलो बेर्ना राखिएको धानको बीउ निकालिएको छ।

नेकपाले श्रम उत्सवको उद्दघाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोप्ने छ।

यस्तै नेकपाले चितवन र वर्दियाको राजापुरमा पनि करिब २० बिघा जमिनमा धान रोप्ने छ।

नेकपाले बर्दियाको राजापुरका लागि स्थायी समिति सदस्य  भरत सी र चितवनका लागि स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा धान रोप्ने जनशक्ति खटाएको छ।
कपिलवस्तुमा हुने श्रम उत्सवको उद्द्घाटनमा इन्द्रेणी कलाकारको टिम र सामना परिवारले बेजोड  साङ्गेतिक प्रस्तुति प्रस्तुत गर्ने छन।

श्रम उत्सवको उद्घाटन कार्यक्रमलाई प्रचार प्रसार गर्न जनपत्रकार संगठनका आधा दर्जन  पत्रकारहरु कपिलवस्तु पुगीसकेका छन् भने अन्य पत्रकारहरु पनि सहभागी हुने छन्।

नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन  देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यलय सचिव बिजय सीले जानकारी दिएका छन् ।

 

Facebook Comments