• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटनामा परि मलेसियामा एक नेपाली युवाको मृत्यु




सल्यान । मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ ।

वैदेशिक रोजगारका लागि मलेसिया पुगेका सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न.- ११ रैकरका ३१ वर्षका प्रकाश वलीको  साइकल दुर्घटनाबाट ज्यान गएको हो।

बुधबार डिउटीबाट फर्कँदै गर्दा साँझ साइकलमा भएको दुर्घटनामा परि वली गम्भीर घाइते भएका वलीको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको उनका आफन्त हिरालाल वलीले जानकारी दिए ।

मलेसियाको काजाङ्ग भन्ने ठाउँमा साइकलबाट लडेर उनको मृत्यु भएको बताइएको छ  रोजगारीको शिलशिलामा १ वर्ष पहिले मलेसिया पुगेका वलीका श्रीमती र ३ वटा छोराहरू रहेका छ्न् ।

छिटै उनको शव नेपाल ल्याउन पहल गरिदिन हुन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेको बताइएकोछ ।

Facebook Comments