• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रविधिमा महिलाको पहुँच अभिबृद्धिका लागि जनचेतनामूलक कार्यक्रम




घोराही । सञ्चार तथा सूचना प्रविधिमा महिलाहरुको पहुँच अभिबृद्धिका लागि जनचेतना मूलक कार्यक्रम बिहिवार घोराही उपमहानगरपालिका वडा नं. १७ बर्गदीमा सम्पन्न भएको छ । सुचा तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल टेलिकमको आयोजना तथा स्वच्छ नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु आचार्य गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १७ वडाध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यताका सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा ग्रामिण वस्तीस्तरका महिलाको पहुुँच अनिवार्य आवश्यकता रहेको बताएका थिए । जसले सामाजिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्इक्ष बसुन्धरा गौतमले सहभागितहरु सुुचना तथा सञ्चार बिषयमा विषयवस्तुुमा बारे प्रशिक्षण दिएकी थिईन ।

उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० जना महिलाहरुको सहभागिता रहेको थियो । स्वच्छ नेपालका संस्थापक अध्यक्ष शुशिला शर्मा पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वच्छ नेपालकी सचिव रेखा शर्माले गरेकी थिईन ।

Facebook Comments