• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर मान्यता




घोराही । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसले अन्तरास्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । क्याम्पसले संचालन गरेका शैक्षिक कार्यक्रमका आधारमा  अन्तराष्ट्रिय गुणस्तर सुनिश्चतता आइएसओ  २००१:२०१५ को मान्यता प्राप्त गरेको हो ।

संयुक्त राज्य अमेरिकाको संयुक्त प्रत्यायन फाउन्डेसनले क्याम्पसमा संचालित शैक्षिक कार्यक्रमको व्यवस्थापन, भौतिक संरचना, अध्यापन प्रध्यापक, विद्यार्थीको नतिजा र समग्र शैक्षिक मूल्यांकनको आधारमा क्याम्पसलाई छनोट गरि गुणस्तर आइएसओ – २००१:२०१५ को मान्यता दिएको क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले बताएका छन् ।

अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्तका लागि क्याम्पस  २८ मार्च २०२३ मा दर्ता भएको र त्यसपछि  विभिन्न मूल्यांकन र अनुगमन पश्चात्  २८ जुन २०२३ मा क्याम्पसले आइएसओ २००१:२०१५ को मान्यता प्राप्त गरेको क्याम्पस प्रमुख खनालले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अम्बिकेश्वरी क्याम्पस वि.स.२०७० सालदेखि घोराही नगरको शान्त, मनोरम, वातावरणमा  संचालन हुँदै आइरहेको छ ।

क्याम्पसमा B.Sc. CSIT,  BIM / BCA  कार्यक्रम सञ्चालन रहेको र  विशेषगरी आइटी  क्षेत्रमा दक्ष तथा योग्य जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्य  क्याम्पसले लिएको छ ।

क्याम्पसले अध्ययनरत विधार्थीहरुलाई आइटी क्षेत्रमा दक्षता हासिल गरी विभिन्न विषय वस्तुहरुको ज्ञान दिनुका साथै सीपयुक्त नागरिक तयार बनाइ आत्मनिर्भर बनाउने काम गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

यस क्याम्पसले आफ्नै सेरोफेरोका  विद्यार्थीहरुको लागि सस्तो र सुलभ शुल्कमा सूचना प्रविधि, व्यवस्थापन लगायत अन्य विषयमा शिक्षा प्रदान गरिरहेको छ  । विगत १० वर्षदेखि जीवन र जगतलाई उज्ज्वल बनाउने शैक्षिक कार्यदिशा अनुरुप गाँउ, समाज र राष्ट्र निर्माणका लागि योग्य जनशक्ति उत्पादन गर्दै आइरहेको  क्याम्पस प्रशासनको भनाइ छ ।

 

Facebook Comments