• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा सर्बसाधारण जनतासम्म पुग्यो नेटको पहुँच




बालाराम शेर्पाली
रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ काक्री सैपातुङ वडा नम्बर ६ महतको सार्बजनिक महिला भबनमाहरुमा इन्टरनेट सेवा सुरु गरिएको छ ।

उक्त सार्बजनिक भबनहरुमा इन्टरनेट सेवा सुचारु गर्नुको उदेश्य सबै नागरीकहरु इमेल तथा इन्टरनेट सुविधाको पहुचँमा पुगुन भन्ने हेतुले भूमे गाउँपालिकाको समन्वमा र जर्सी ओभरसिएरको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क इन्टरनेट सेवा सुचारु गरिएको भुमे गाउँपालिकाले जनाएको छ ।

जर्सी ओभरसिएर सेवा केन्द्र र डिप्रोस नेपालद्वारा सन्चालित सम्मुन्ती डिजितल परियोजनाले भूमे गाउँपालिका भित्रका विभिन्न कृर्षक समुहका डिजितल साक्षर तालिम सन्चालन गर्दै आईरहेको सम्मुन्ती डिजितल परियोजनाका फिल्ड सहजकर्ता सुबोध लामिछानेले बताउनु भएको छ ।

उहाँका अनुसार विभिन्न तालिम मार्फत मोबाईल बंैङकिङ एपसहरुको प्रयोगात्मक विधि कृर्षी डिजिटल वालेत विभिन्न स्थमनहरुमा इन्टरनेट नभएको कारण डिजिटल वित्तिय साक्षरता शिक्षामा सहजिकर्ण गरिएको हो । नयाँ नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन तथा अनुसन्धान गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको बताइएको छ ।

इन्टरनेट सेवा सुरु भएपछि नागरिकहरुले सार्बजिक भबनबाटै इन्टरनेटको सेवासुविधा पाएका छन । इन्टरनेटको माध्यमबाट नयाँ कुराको जानकारी, संगै आफन्त, साथीभाइहरुसँग कुराकानी गर्न र आफूलाई चाहिने कुनैपनि ज्ञान तथा सिपहरुका बारेमा गुगलमा खोजेर अध्ययन गर्न धेरै सहज भएको स्थानीय माया बिक को भनाई रहेको छ ।

सार्बजनिक भवनहरुमा निःशुल्क इन्टरनेट सेवाको सुरु भूमे गाउपालिकाको समन्व तथा जर्सी ओभरसिएरको आर्थिक सहयोग र प्रविधिक सहयोगमा सेवा सन्चालमा आएपछी नागरिकहरु खुसी हुदै स्थानिय सरकार र उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

Facebook Comments