• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रणसिंह दल गणकोगेटमा प्रतिक्षालय र पानीको व्यवस्था




घोराही । दाङमा रहेकोरणसिंह दल गणले आम नागरिकहरुका लागि प्रतिक्षालय र पिउने पानीको व्यवस्था गरेको छ। गणले घोराही उपमहानगरपालिका १५ भरतपुर स्थित गणको मूल गेटमा सर्वसाधारण नागरिकहरुकालागि प्रतिक्षालय, युरोगार्ड सहितको पिउने पानी र हातधुने पानीको व्यवस्था गरेको हो ।

गणले बुधबारबिहान एक कार्यक्रमको आयोजना गरि प्रतिक्षालयको उद्घाटन गरेको छ । घोराहीउपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो । गणलेआफ्नै स्रोत साधन र जनशक्तिबाट नेपाली सेना र आम नागरिकहरु बिच सम्बन्ध प्रगाढबनाउने उदेश्यले उक्त कार्य गरिएको गणपती कर्णेल रविन्द्र महर्जनले जानकारी दिनुभयो ।

देश र नागरिकको सुरक्षा सँगै सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले आम नागरिकहरुलाईबिसौना बस्ने, पानी पिउने र हातमुख धुनका लागि उक्त कार्य गरिएको उहाँको भनाई छ ।हामी गणभित्र मात्रै सिमित नभई आम नागरिकहरु सँगै छौ भन्ने सन्देश दिने गरि बिगत देखिसामाजिक उत्तरदायित्वका काममा सकृय रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुखचौधरीले नेपाली सेनाले प्रतिक्षालय सहित पानीको व्यवस्था गरेर उदाहरणिय कार्य गरेकोबताउनुभयो । विगत देखि नै सेनाले स्थानिय सरकार सँगको समन्वयका विभिन्न सामाजिक सेवाभाबकाकार्यक्रम गर्दै आएको उल्लेख गर्दै धन्याबाद समेत दिनुभयो ।

विपद व्यवस्थापनमा खोज तथाउद्धार, सरसफाई लगाएतका काममा सेनाले पुराएको योगदानलाई उपहानगरपालिकाले उच्चमूल्यांकन गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले सेनालेसामाजिक सेवाभाबले गरेको कामले नागरिकहरु सँगको सम्बन्ध थप प्रगााढ हुने विश्वास व्यक्तगर्नुभयो ।

यसैविच मेघा इन्भेष्टमेन्ट बैंकले सोही प्रतिक्षालयको छेउमा सार्वजनिकशौचालय बनाइदिने भएको छ । कार्यक्रममा बैंकका शाखा प्रमुख विबेक आचार्यले छिट्टैसार्वजनिक शौचायल बनाउने जानकारी दिनुभयो ।

Facebook Comments