• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही – ८ का वडा अध्यक्ष शाहले दिए राजीनामा 




दाङ  । घोराही उपमहानगरपालिका– ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिएका छन्। बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष  शाहले आज पदबाट राजिनामा दिएका हुन् ।

एमालेबाट निर्बाचित शाहले  घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा  बाहिरिएका हुन् । पटक पटक आफ्नो वडामा बजेट हाल्ने आश्वासन दिएपनि त्यो आश्वासनमै सिमित पारेको भन्दै शाहले मेयरसंग चर्को असन्तुष्टि ब्यक्त गर्दै आएका थिए ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेटनै नहाल्दीएपछि उनि पदमा बस्नु भन्दा राजिनामा दिनुनै उपयुक्त हुने ठहर गरेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए ।

उनले यसअघिको बजेट ल्याउदा पनि फेसबुकमा राजिनामा दिने घोषणा गरेपनी अन्तिममा दिएका थिएनन् । उनले टोलबासी सबैलाई बोलाएर आफुले बजेट हाल्न नसकेको भन्दै राजिनामा दिनका लागि सुझाब सल्लाह लिएका थिए । उनले आफुले आउने मेयरको तयारी गर्ने पनि बताए  ।

 

Facebook Comments