• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ६९ करोड ८७ लाख बजेट




नबिन पिएम
सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको १३ औ नगरसभामा बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ ।

नगरसभामा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नीति तथा कार्यक्रम र उप प्रमुख पुरुषोत्तम आचार्यले बजेट वक्तव्य पेश गर्नुभएको थियो ।

१३ औ नगर सभामा उप प्रमुख आचार्यले आर्थिक बर्ष २०८०/८१को लागि कुल ६९ करोड ८७ लाख २९ हजार रुपियाँको बजेट बिनियोजन गरेको बताउनु भयो ।
जस मध्य चालुतर्फ ४८ करोड ३४ लाख ४१ हजार र पुजिगत तर्फ २१ करोड ५२ लाख ८८ हजार बिनियोजन गरिएको छ ।
विनियोजित बजेट मध्य शिक्षा तर्फ २ करोड ६१ लाख ५० हजार , स्वास्थ्य तर्फ २ करोड ६० लाख ३४ हजार , युवा खेलकुद तथा मनोरञ्जन ३० लाख, खानेपानी तथा सरसफाइ १ करोड १० लाख ८८ हजार र सुस्वा बाट ३ करोड ७० लाख, लैगिक समानता र सामाजिक समाबेशीकरण २६ लाख ५० हजार, वन तथा भु सरक्षण र जलाधार सरक्षण १ करोड ९ लाख, विपद व्यवस्थापन २५ लाख, उधमशिलता विकास १७ लाख ५० हजार, सस्थागत विकास सुशासन तथा सेवा प्रबाहको लागि १२ करोड ९६ लाख, स्थानिय पुर्वाधार सडक १ करोड २० लाख, कृषि तथा पशुपालन १ करोड २५ लाख ३५ हजार, आगामी ४ वटा वडा कार्यालय निर्माणको लागि २ करोड ४० लाख, वस्ती स्तरबाट छनोट भए आएका १२ वटा वडा कार्यालयको लागि २ करोड ४० लाख, र अन्य विभिन्न साझेदारी रकम १ करोड ९५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले बताएकोछ ।

नगरसभामा नगरप्रमुख बुढाथोकीले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष गरि स्वास्थ ,शिक्षा, स्थानिय पुर्वाधार सडक,रोजगारी,वन तथा भु सरक्षण र जलाधार सरक्षण, खानेपानी ,वडा कार्यालयको भवन निर्माण ,कृषि तथा पशुपालन, जनस्रोत,विपद व्यवस्थापन,लैगिक समानता र सामाजिक समाबेशीकरण,विकाससँग जोडिएका जनसरोकारका विषय वस्तुलाई प्राथमिकतमा राखीएको बताउनु भयो ।

Facebook Comments