• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेविसंघ दाङले कृष्णसेन इच्छुकमा शैक्षिक सुधारका लागि ३ बुँदे माग 




दाङ । घोराही १७ स्थीत सहिद कृष्णसेन इच्छुक बहु–प्राविधिक शिक्षालयले विद्यार्थीको भविष्यमाथी गरेको चरम खेलवाडप्रति नेविसंघ दाङको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  ।
नेवि संघ दाङ जिल्ला अध्यक्ष कुलराज पोख्रेलको नेतृत्वमा पुगेको टोलीले शिक्षालयले फार्मेसी कक्षा तर्फको परीक्षा लिएको, परीक्षाको नतिजा पनि प्रकाशित भैसकेको तर फार्मेसी काउन्सिलमा दर्ता नभएको ।, ल्यावको पढाइ सञ्चालन भएको, परीक्षा २ महिना अघि भइसकेको तर ओ.जे.टी. नभएको, ओ.जे.टी. हुन नसकेको कारण पनि नेपाल हेल्थ प्रोफेस्नल काउन्सिलमा दर्ता नभएको ।
साथैै शिक्षालयले सञ्चालन गरेको रेडियोग्राफी कक्षा सञ्चालन भएको र अभ्यास कक्षाका लागी प्राविधिक सामाग्री नरहेको शिक्षालय प्रमुख अच्यूतराज दाहाललाई जानकारी दिएका थिय ।
उक्त समस्या बारेमा  शिक्षालय प्रमुख  दाहालले गल्ति  स्वीकार गर्दै सम्बन्धित कक्षा सञ्चालनका लागि आगामि तिन महिना भित्र कानूनी प्रकृया पुरा गरिसक्ने अन्यथा राजिनामा दिने लिखित प्रतिबद्धता गरेका छन् ।
अवको दिनमा महंगो रकम तिरि दुरदराजबाट अध्ययनका लागि आएका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नर्गन माग गर्दै   तीन महिनासम्म दर्ता पुरा गर्ने लिखित प्रतिबद्धता पुरा नभए नेविसंघले शिक्षालय विरुद्ध अर्को चरणको आन्दोलन गर्ने समेत जिल्ला अध्यक्ष पोख्रेलले बताएका छन् ।
लिखित प्रतिबद्धता पत्र 
Facebook Comments