• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीको बजेटमा १५ नम्बर वडाबासीको तिब्र असन्तुष्टी




दाङ । घोराही उप–महानगरपालिकाले आइतवार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा १५ नम्बर वडाबासीले तिब्र असन्तुष्टी जनाएको छ ।
वडाबाट छनोट भएका योजनाहरु बजेटमा समावेश नभएको भन्दै १५ नम्बर वडाका टोल विकास समिति र वडाका जनप्रतिनिधिहरुले सोमबार घोराही उप–महानगरको कार्यालयमा पुगी उप–प्रमुख हुमा डिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
वडा सदस्य लेखनाथ बुढाथोकीले ज्ञापन पत्र पढेर सुनाएपछि वडाध्यक्ष रमेश कुमार पाण्डेले उपप्रमुख डिसीलाई ज्ञापन पत्र बुझाउनु भएको हो । बजेट निर्माणका क्रममा वडाध्यक्षसँग समन्वय हुनुपर्नेमा कुनै समन्वय नगरेकोले यसमा आफ्नो सहमति नभएको वडाध्यक्ष पाण्डेको भनाई छ ।
ज्ञापन पत्र बुझ्दै उपप्रमुख डिसीले एउटा मात्रै वडालाई नभएर समग्र १९ वटै वडालाई सम्बोधन गर्नेक्रममा केहि छुटेको भए उप–महानगरको ध्यानाकर्षण भएको बताउनुभयो । सम्पूर्ण प्रशासनिक कार्यालय र घोराहीको मुटु मानिने १५ नम्बर वडालाई बजेटले सम्बोधन गर्न नसकेको ज्ञापन पत्रमा उल्लेख ।
घोराही बजारमा ढल निकास, पोल, तारको व्यवस्थापन लगायतका योजनामा ठोस बजेट उल्लेख हुनुपर्ने वडाबासीको माग छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गरी अन्य कुनै योजना कार्यान्वयन समेत नगर्ने वडाबासीले चेतावनी दिएका छन् ।
Facebook Comments