• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्जन विष्टले पाकिस्तान विरुद्ध नखेल्ने




नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् ।
साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ ।
भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए ।
पहिलो खेलमा कुवेत विरुद्ध ३(१ को हारमा गोल गरेका अन्जन दोस्रो खेलमा पूरा समय खेल्न नपाउँदा नेपालको टिम सन्तुलन समेत बिग्रिएको थियो ।
अन्जनको घुँडामा चोट लागेको थियो । आइतबार उनको घुँडाको एक्सरे गरिएको थियो ।
अन्जन सोमबार नेपाली टिमको प्रशिक्षणमा पनि उपस्थित थिएनन् । प्रशिक्षणपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अन्जन घाइते भएकोले अन्तिम खेल नखेल्ने र उनको स्थानमा अर्को खेलाडीले खेल्ने पुष्टी गरे । अन्जन चोट ठूलो नरहेको र उनी आराममा रहेको टिमले जनाएको छ ।
एक्सरेमा केही नदेखिएपछि उनको एमआरआई गरिएको थियो । एमआरआईको रिपोर्ट आज आउनेछ ।
कुवेत विरुद्ध गोल गर्दै नेपालक लागि १२औं गोल गरेका अन्जन सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न नजिक पुगेका थिए । उनले यही साफमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गर्ने अपेक्षा थियो ।
तर भारत विरुद्ध उनले पूरा खेल्न सकेनन् भने पाकिस्तान विरुद्ध खेल्ने छैनन् ।
नेपाल समूह चरणबाटै बाहिसकेको अवस्थामा अन्जनले कीर्तिमान बराबरी गर्न अझै केही खेल कुर्नुपर्नेछ ।
Facebook Comments