• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बढ्दै लागुऔषध दुव्र्यसनीका घट्ना




घोराही । दाङमा लागुऔषध दुव्र्यसनीका घट्नाहरु बर्सेनी बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको वितेको तीन बर्षको तथ्याङकले जिल्लामा लागुऔषधका घट्नाहरु बर्सेनी बढेको देखाउँछ ।
दाङमा प्रहरीले चालु आर्थिक ०७९/०८० को ११ महिनाको अवधिमा लागुऔषध सम्वन्धी मुद्धामा १ सय १३ जनालाई पक्राउ गरेको छ ।
गतबर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषध सम्वन्धी मुद्धाहरुमा १ सय १३ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरु पक्राउ परेका हुन ।
जस्मा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउन सुगर(खैरो हिरोइन)सहित सवैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।  प्रहरी नायव उपरिक्षक गौतमका अनुसार १० किलो २ सय ग्राम चरेशसहित ५ जना, १३ किलो ३७५ ग्राम गाजासहित ५ जना र ३८४  ट्याब्लेटसहित ९ जनालाई पक्राउ गरेको गरेको छ ।
जिल्लामा आर्थिक बर्ष २०७८/०७९ मा लागुऔषध सम्वन्धी ५९ मुद्धामा १ सय १६ जना पक्राउ परेका थिए । जस्मा ३९१ ग्राम ४१८ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन)सहित ९३ जना, १७ किलो ५१ ग्राम चरेशसहित ४ जना, ८ ग्राम ७६० मिलीग्राम अफिमसहित ४ जना, ७ किलो ३८५ ग्राम गाजासहित ६ जना र १०१६ ट्याप्लेटसहित ९ जना गरेर गतआर्थिक बर्ष १ सय १६ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरु पक्राउ परेको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ ।
प्रहरीले आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाका विभिन्न ठाउँबाट ३९ वटा मुद्धामा ७६ जना लागुऔषध प्रयोगकर्ता एव कारोवारीहरुलाई पक्राउ गरेको थियो । जसमा ४६३ ग्राम ६२० मिलीग्रामसहित ४६ जना, १५ किलो चरेशसहित ६ जना, २१ किलो ७१७ ग्राम अफिमसहित १४ जना, २ किलो ७३२ ग्राम गाजासहित ५ जना र ६४५ ट्यावलेटसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक गौतमका अनुसार कमजोर आर्थिक अवस्था, पारिवारिक, सामाजिक, आफु स्वतन्त्र रहन चाहानु, महत्वकाक्षीं बढ्दै जानु, बालकालिकाहरुको सन्दर्भमा बिचैमा पढाई छोड्नु, गलत साथीको संगतलगायतका कारणले जिल्लामा लागुऔषधका घट्ना बढेको बताउनुभयो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘जिल्लामा लागुऔषधका घट्नामा संलग्नहरु बर्षेनी बढ्दै गएको छ । यसलाई रोकथामका लागि समयमै अभिभावकसँगै सरोकारवाला निकाय सचेत हुन आवश्यक छ ।’
दिवसका अवसरमा घोराहीमा  प्रभातफेरी 
यसैविच लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा लागुऔषध दुव्र्यसनी न्यूनीकरणका क्षेत्रका काम गर्ने जिल्ला प्रशासन कार्यालय,स्थानीय सरकारलगायतका विभिन्न सरोकारवाला निकायको सहभागीतामा घोराहीमा प्रभातफेरी गरिएको छ ।
May be an image of 6 people, hospital and text
प्रभातफेरपछि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरणका लागि अभिभावकहरु सवैभन्दा सचेत हुनुपर्नेमा दिएका थिए । अभिभावकहरु सचेत नहुँदा अधिकांस बालबालिकाहरु लागुपदार्थ दुव्यर्सनीमा फस्ने गरेको भन्दै सहभागीले बालबालिकाले के गर्दैछन्,कसरी पढ्दैैछन भनेर हरेक अभिभावकहरुले सोच्नुपर्नेमा सहभागीले जोड दिनुभएको थियो ।
Facebook Comments