• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरपालिकाले ल्यायो दुई  अर्ब १५ करोड रुपैयाँको  बजेट




दाङ । घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ ।

आज बसेको नगर सभा बैठकमा उप प्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख  ८३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपियाँ अर्थात ५९ दशमलव ४० प्रतिसत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिसत रकम विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तिय समानिकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश ससर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड बेहोरिने छ ।

चालु आर्थिक वर्षकै ३६ करोड रुपियाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपियाँ विनियोजन गरेको छ । तुलसिपुर उपमहानगरपालिका लगायतका पालिकाले पनि आजै बजेट सार्वजनिक गरेका छन् ।

 

Facebook Comments