• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
 ग्रामीण विकास लघुवित्त संस्थामा युवा संगठन नेपालद्वारा कारवाही




 तुलसीपुर । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ ।
युवा संगठन नेपाल पश्चिम दाङद्वारा लघुवित्त वित्तीय संस्थालाई कारवाही किन भनी जारी गरिएको पत्रमा बिशेष गरेर ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गर्ने गरेकाले , बिविध कारणले ॠण लिएका महिलाहरुले ॠण चुक्ता गर्न नसकेमा उक्त समुहमा रहेका अन्य महिलाहरुले उसको ॠण चुक्ता गरिदिनुपर्ने , उनिहरुको मासिक बचत समेत फिर्ता नदिने गरेकाले , ॠण चुक्ता गर्न नसकेका महिलाहरुलाई तनाव दिदै विभिन्न गाली गालीगलौज गर्ने ,अपशब्द प्रयोग गर्ने , उनिहरुको घरमा ताला लगाउने घरबारबिहिन बनाउने , डीप्रेसनदेखि आत्महत्यासम्म गर्न बाध्य बनाउने गरेकाले र सेवा शुल्क अधिकतम असुल गर्ने तथा अत्याधिक ब्याज असुल गर्ने गरेकाले लघुवित्त संस्थामाथी तालाबन्दी गर्नुपरेको संगठनले जारी गरेको पत्रमार्फत स्पष्ट पारेको छ ।
यस्तै संगठनले ग्रामीण लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गर्नुकासाथै संस्थाको बोर्ड समेत फोडेको छ ।
तालाबन्दी गर्ने कार्यक्रममा युवा संगठन नेपालका नेता(कार्यकर्ता तथा आम पिडित महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।
लघुवित्तमाथी किन कार्वाही गर्नुभएको भनेर डेलिन्युजराप्तिको प्रश्नमा संगठनका ब्युरो इन्चार्ज जिवनी सीले लघुवित्त महिलाहरुमाथी आर्थिक रुपमा चरम शोषण गर्नेदेखी लिएर आत्महत्यासम्म बाध्य पार्ने खालका गतिविधि दिनानुदिन बढिरहेका बेला सांकेतिक रुपले कारवाही गरिएको बताइन् । उनले यो सांकेतिक कारवाहीपछि सबै ठगी धन्दामा लागेका लघुवित्त लगाएतका वित्तीय संस्थाहरु नसच्चिए सबै लघुवित्तमाथी निर्मम संघर्ष गरिने समेत बताइन् । उनले भनिन् – ‘हामी नबुझेर कार्वाही गरेका होइनौं , हाम्रो संगठनलाई सयौं उजुरी परेका छन यस्ता लघुवित्तीय संस्थाहरुका त्यसैले यो सांकेतिक कारवाही हो , सच्चिन आग्रह गरेका छौँ । अझैपनी मनोमानी गरे हामी पिडितलाइ साथमा लिएर संघर्षलाई चर्काउछौँ ।’
यस विषयमा हामिले ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुखसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
Facebook Comments