• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा सर्पको टोकाइबाट बालिकाको मृत्यु 




तुलसीपुर । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरी निवासी १३ वर्षीय दक्षिना वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।
उनलाई आफ्नै घरमा सुतिरहेको समयमा पहिचान हुन नसकेको सर्पले हिजो दिउँसो २ बजेतिर डसेको भएपनि आफन्तले राति ९ बजे मात्रै उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेका थिए ।
उनलाई थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएकोमा उपचारका क्रममा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभएको छ । बालिकाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएके छ ।
Facebook Comments