• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक मर्मत नहुँदा बर्षादमा थप जोखिम 




घोराही । दाङको घोराही–मुर्कुटी हुँदै प्युठान जोड्ने सडकको समयमै मर्मत नहुँदा बर्षादमा सडक थप भासिने जोखिम बढेको छ । सडक पनि मर्मत नहुने र बर्षादको समयमा ठुलो पानी पर्दा उक्त सडकमा थप क्षती हुने जोखिम बढेको हो ।
घोराही–मुर्कुटी हुँदै प्युठान जोड्ने सडक खण्डअन्तर्गत दाङको बंगलाचुली गाउँपालिका–५ को टोर्केलेकमा गत असोज महिनामा परेको बर्षादका कारण कालोपत्रे गरिएको सडक भासिदा चिराचिरा परेको छ । उक्त सडक भासिएको करिव आठ महिना वितिसक्दा पनि मर्मत हुन सकेको छैन ।
दाङको बंगलाचुलीसँगै प्युठानबासीका लागि घोराही आउन र जानका लागि मुख्य सडकका रुपमा रहेपनि सडक डिभिजन कार्यालय दाङको लापरवाहीका कारण सडक मर्मत हुन सकेको छैन । भासिएको सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दापनि सडक मर्मत हुन नसकेको बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी बताउँनुहुन्छ ।
गाउँपालिका उपाध्यक्ष जिसीले भन्नुभयो,‘सडक भासिएको लामो समय भैसक्यो । अव बर्खाको समयमा थप हुन सक्ने भएकाले सडक मर्मतका लागि भनिरहेका छौ । तर सडक डिभिजन कार्यालयसँगै निर्माण व्यवसायीको लापरवाहीले मर्मत सम्भार हुन सकेको छैन ।’ तर मुर्कुटीदेखि प्युठानको सिमासम्मको सडक विग्रिएको ठाउँहरुमा निर्माण व्यवसायीले सडक मर्मतको काम भने गरिरहेको उपाध्यक्ष जिसीले बताउनुभयो ।
घोराही–मुर्कुटी हुँदै प्युठान जोड्ने सडकखण्डअन्तर्गत विग्रिएको  सडकको मर्मतको काम जलजला निर्माण सेवा गर्नुपर्ने भएपनि ढिला गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जन बताउनुहुन्छ । सूचनाअधिकारी महर्जनले भन्नुभयो,‘पुरानै सम्झौता अनुसार विग्रिएको सडकको मर्मत सम्भारको काम जलजला निर्माण सेवाले गर्नुपर्ने हुन्छ । तर केही प्राविधिक समस्या कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न मानेको छैन ।’
समयमै सडक मर्मत नहुने र बर्षादको समयमा सडक थप भासियो भने बंगलाचुली गाउँपालिकाका मुर्कुर्टीलगायतका प्युठानबाट सिधै घोराही आउने सडक बन्द हुने अवस्था रहेको छ । जस्ले गर्दा गाडीहरुलाई भालुवाङ, लमही भएर घोराही आउनुपर्ने बाध्यता हुन सक्छ । जस्ले गर्दा बर्षादको समयमा बिरामीहरुलाई उपचारका लागि घोराही ल्याउन समस्या हुने देखिन्छ ।  उक्त सडकखण्डको घोराहीदेखि तापासम्म चुनढुंगाका लागि टिप्परहरु समेत चल्ने भएका कारण सडकको अवस्था कमजोर हुन पुगेको छ । जस्ले गर्दा बर्षादको समयमा पहिरो खस्ने तथा खाल्डाखुल्टी समेत पर्ने जोखिम बर्सेनी हुने गरेको छ ।
Facebook Comments