• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही बालक्लव गठन




घोराही । बालबालिकाहरुको सर्वांगिन विकासका लागि घोराहीमा रहेका बालकालिकाहरुको एक भेलाले घोराही बाल क्लवको गठन गरेको छ । मेधावी बुढाथोकी अध्यक्ष रहेको ७ सदस्यीय क्लबको उपाध्यक्षमा चन्द्रप्रकाश गुप्ता, सचिव शिखर सुवेदी, कोषाध्यक्ष अमित गुप्ता तथा सदस्यहरुमा अप्सना गिरी, अंकित अधिकारी र सद्भाव लामिछाने रहेका छन् ।

क्लबले बालबालिकाहरुको व्यक्तित्व विकास, सामाजिक दक्षताको विकास, उनीहरुमा रहेका विभिन्न रुचि तथा सृजनात्मक क्षमताहरुको विकासका लागि रचनात्मक तालिम तथा कार्यशालाहरु राख्ने, विकृति–विसंगति, कुलत, बालहिंसा तथा अपसंस्कृतिहरुको विरुद्धमा बाल सचेतना अभियानहरु सञ्चालन गर्ने, अध्ययन संस्कतिको विकासका लागि वडा तहसम्म क्लबको विस्तार तथा बाल पुस्तकालायको स्थापनाका उदेश्यहरु रहेका छन् ।

भेलामा उपस्थित लेखक सूर्य वि.सी.ले आजको समय बालबालिकाहरुको निम्ति थप जटिल र चुनौतीपूर्ण बन्दै गएको, विद्धुतीय स्रव्य-दृश्य माध्यमहरुको लतले उनीहरुको सृजनशीलता कम्जोर बन्दै गएकोले बालबालिकाहरुलाई सही मार्गनिर्देशननका लागि बाल क्लबहरुमार्फत भूमिका खेल्न सकिने बताउनुभयो ।

त्यसैगरी अर्का लेखक-अध्यता प्रमोद धितालले बालबालिकाका चुनौती र संभावनाहरुलाई समाजले गम्भीरतापूर्वक लिन नसकेको चिन्ता व्यक्त गर्दै उनीहरूको मानसिक-सांस्कृतिक विकासका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नुभयो ।

त्यसैगरी लेखक तथा प्राध्यापक डा.विन्दु शर्माले बाल क्लबको सफलताको शुभकामना दिंदै आफूबाट क्लबबाट हुने कार्यक्रमहरुमा आफ्नो रचनात्मक सहयोग हुने कुरा बताउनुभएको थियो ।

Facebook Comments