• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाको बजेट तथा कार्यक्रम बहुमतले पारित




देउखुरी । दाङको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार पारित भएको छ।

शुक्रबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले प्रस्तुत गर्नु भएको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाकाे दुई तिहाई बहुमतले पारित गरेको हाे।

शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम अध्यय तथा छलफलको लागि सभाका सदस्यहरुले एक दिनकाे समय माग गरेपछि सभा शनिबारका लागि बाेलाइएकाे थियो ।  ४६ जना उपस्थित सभा सदस्यहरु मध्ये पक्षमा ४५ र १ जनाले तटस्थ मत रहेका थिए।

“समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी” भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै आगामी आर्थिक वर्षका लागि ६५ करोड ७६ लाख बजेट बिनियोजन गरेकाे छ ।

जस अन्तर्गत चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन भएको पालिकाका प्रबक्ता पहलवान चाैधरीले जानकारी दिनु भएको छ।

आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता चाैधरीले जानकारी दिनु भएको छ।

यसै बिच शनिबार बसेको गाउँसभाले सभाका सदस्य गेमे खड्काले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक २०८० र पहलवान चाैधरीले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक दुई तिहाई बहुमतले पारित गरेकाे छ।

गाउँ सभाकाे बैठक पुन आगामी असार २७ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ।

Facebook Comments