• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमृतपुर खानेपानीमा भएको आर्थिक अनियमितताबारे छानविन गरि दोषीलाई कारबाही गरियोस् : नेकपा




तुलसीपुर । तुलसीपुरको अमृतपुर खानेपानीमा भएको आर्थिक अनियमितताप्रती नेकपा तुलसीपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र सेक्रेटरी शिवद्वारा आज जारी गरिएको प्रेस बिज्ञप्तिमा आर्थिक अनियमिततामा संलग्न संस्थाको कार्यसमितिमाथी छानविन गरि दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

नेकपा तुलसीपुरद्वारा जारी प्रेस बिज्ञप्तिमा खानेपानी संस्थाका अध्यक्षले दुई लाख पैतिस हजार रुपैयाँ , सचिवले दुई लाख छपन्न हजार नौ सय रुपैयाँ र कोषाध्यक्षले पन्ध्र लाख अन्ठाउन्न हजार रुपैयाँ उपभोक्ताले विभिन्न शिर्षकमा जम्मा गरेको नगद रकम अबैधानिक , मनोमानी र आफुखुसी ढंगले लिइएको पुष्ठि भएकाले उक्त कार्यसमितिमाथी आवश्यक छानबिन गरि कार्वाही गर्न माग गरिएको छ ।

यस्तै बिज्ञप्तिमा सम्बन्धित निकायले आवश्यक कारबाही नगरे पार्टीले उपभोक्तासहितको संघर्षलाई अगाडि बढाउने चेतावनीसमेत दिइएको छ ।

 

Facebook Comments