• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि बनगाँउमा लागुऔषध विरुद्ध सचेतना




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको श्री बराह क्षेत्र मावि सेवार बनगाँउमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । राईजिङ पुर्नस्थापना केन्द्र घोराही १७ चौघेराको आयोजनामा लागुऔषध विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ को सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

राईजिङ पुर्नस्थापना केन्द्रका सञ्चालक निरञ्जन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक सौजन डाँगीले लागुऔषध दुव्र्यसन र यसबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले लागुऔषध भनेको के हो, लागुऔषध दुव्र्यसन भनेको के हो, लागुऔषधका प्रकार, लागुऔषध सोवनबाट पर्ने असर, दुव्र्यसनीका लक्षणहरु, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य रामकली घर्ति, विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आर.के.शीतल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रहरी जवान विनोद आचार्यले गर्नुभएको थियो ।

Facebook Comments