• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षा अधिकृतमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ




दाङ । शिक्षा अधिकृतमाथि हातपात गरेको आरोपमा दाङको शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन्। उनलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमले बताए। शान्तिनगरकै शिक्षा अधिकृत सुमन पाण्डेमाथि हातपात गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमको भनाइ छ। उनलाई घोराही उपमहानगरपालिका-१० बाट पक्राउ गरिएको हो।

वडाध्यक्ष वलीले बिहीबार गाउँपालिकाको कार्यालयमा प्रवेश गरेर शिक्षा अधिकृत पाण्डेमाािथ हातपात गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीलाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार वडाध्यक्ष वलीले शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मगाएका थिए। त्यसमा विवाद भएपछि वडाध्यक्ष वलीले शिक्षा अधिकृत पाण्डेमाथि हातपात गरेका थिए।

छलफल चलिरहेकै वेला वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए। यसअघि पनि उनले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपातको प्रयास गरेका थिए। त्यतिवेला उनले माफी माग्दै फेरि यस्तो कामकाज नगर्ने वाचा गरेका थिए।

अहिले फेरि वडाध्यक्षमाथि हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो। वडाध्यक्ष वलीसँग जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको डीएसपी गौतमले बताए।

Facebook Comments