• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यो वर्ष रासायनिक मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड




काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सुरुमा रासायनिक मलका लागि १५ अर्ब रुपियाँ विनियोजन भएप नि थप २३ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ । यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ ।मलको आयातमा सङ्घीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।’’

प्रधानमन्त्रीले सोमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनुभयो । त्यस्तै, यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने महिनामा विगतको जस्तो मल अभाव नहुने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु । २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ । भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ । धान रोप्ने महिनामा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन ।’’

प्रधानमन्त्री प्रचण्डले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताउनुभयो ।

Facebook Comments