• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीको वडा नं. ४ को कार्यालय आफ्नै भवनमा




देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ४ को कार्यालय शुक्रबारदेखि आफ्नै भवनमा सरेको छ । मौरीघाटमा निर्माण भएको उक्त भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक समारोहबीच उद्घाटन गर्नुभएको हो।

उद्घाटन मन्तव्य व्यक्त गर्दैै अध्यक्ष विष्टले सुविधा सम्पन्न भवनबाट काम गर्दा कर्मचारी तथा सेवाग्राहीलाई सहज हुने बताउनु भयो।अध्यक्ष विष्टले कार्यालयको भवन निर्माण गरेर मात्रै नहुने भन्दै त्यस कार्यालयको भवन बाट दिइने सेवा सुविधा चुस्तदुस्त हुनु पर्ने कुरामा जोड दिनुभयो।त्यस्तै उहाँले नागरिकले सहज र सरल तवरले सेवा पाउनका लागि कार्यालय स्थापना गरिएको र नागरिकलाई यस भवन निर्माण संगै विकासको प्रत्याभुति समेत हुने बताउनु भयो ।

पुथा हिमाल सपना जेभी घोराही दाङले ९९ लाख ८२ हजार २ सय ७९ रुपैयाँ ६ पैसामा ठेक्का संझौतामा उक्त भवन निमार्ण कार्य सम्पन्न भएको इन्जिनियर अशोक बेल्वासेले जानकारी दिनुभयो कार्यालयको भवन स्थानीय जग्गा दाता प्रकाशमणि घिमिरे ,प्रभातमणि घिमिरे ,अर्चना देवि घिमिरे ,बेगम रेश्मी मगर,भूपेन्द्र बहादुर बुढाथोकी ,दुर्गा बहादुर जिएम र पुजीराम चौधरीले प्रदान गर्नु भएको ३ कठ्ठा ४धुरमा १ सभा हल सहित ६ कोठे २ तल्ले भवन निमार्ण गरिएको छ ।

वडाध्यक्ष वीर बहादुर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,पालिकाका प्रबक्ता तथा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ४का पूर्व वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, वडाका जनप्रतिनिधि , स्थानीय राजनैतिक दलका प्रतिनिधि,पत्रकार लगायत स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

यस अघि कार्यालय भाडाको घरबाट सञ्चालन हुदै आएको थियो ।पालिकाको ९ ओटा वडाहरु मध्ये ८ ओटा वडाहरु आफ्नै सुविधा सम्पन्न नयाँ भवनबाट सञ्चालन भइ रहेका छन् भने वडा नम्बर ३ को कार्यालय पुरानै गाविस भवनबाट सञ्चालन भईरहेको छ।

Facebook Comments