• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओखलढुंगामा अविरल वर्षाका कारण पहिरो जाँदा ४ जनाको मृत्यु, दर्जनौं घर क्षतिग्रस्त




ओखलढुंगा । ओखलढुंगाको चम्पादेवि गाउँपालिका -८ बिलन्दुमा गएरातिकाे अबिरल वर्षका कारण पहिराे जाँदा ४ जनाकाे मृत्यु भएकाे छ भने दर्जन घर क्षतिग्रस्त भएका छन् । हिजाे साझदेखि परेकाे भीषण वर्षापछिकाे पहिरोमा परि एकै परिवारका ४ जनाकाे मृत्यु भएको हाे ।

चम्पदेवि गुरुङगाउकाे शिरबाट पहिराे खसेकाे स्थानीयले बताएका छन् । माथिवाट आएकाे पहिराेले दर्जनौं घरमा क्षेति पुगेको छ भने पशु चाैपाय,बालिनालि लगायत लाखौं धनजनको क्षेति भएको स्थानीय सुजन घिमिरेले जानकारी दिनुभयाे । बस्ति माथिकाे भीर पहिराेमा परिणत भएपछि पुरै गाउँ बगर भएकाे छ । क्षतिकाे पूर्ण विवरण आउन बाँकी रहेकाे छ ।

गाउँपालिका, वडा, स्थानीयबासी र प्रहरी समेतकाे सक्रियतामा पिडीतहरुकाे उद्दार भएएकाे र क्षतिकाे विवरण एक्किन विवरणका लागि लगत संकला भईरहेकाे बताइएकाे छ ।

Facebook Comments