• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा प्रभावकारी शिक्षण सिकाइका लागि तालिम




घोराही । घोराही उपमहानगरपालिकाले तल्लो कक्षाबाटै शैक्षिक सुधार र गुणस्तरीय शिक्षण सिकाईका लागि शिक्षकहरुलाई तालिम दिने कार्यलाई निरन्तरता दिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट आएको बजेटले उपमहानगरको सामाजिक विकास महाशाखाले पूर्वप्राथमिक एवं प्राथमिक तहका शिक्षकहरुलाई मन्टेश्वरी विधिबाट तालिम दिन थालेको हो ।

उपमहानगरपालिकाले बर्षेनी तालिम सञ्चालन गर्दै आउदा पालैपालो सबै शिक्षकहरुलाई दिने गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम गरि बिहिबारबाट भरतपुर स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुरमा तालिमको सुरुवात गरिएको छ ।

नगर प्रमुख चौधरीले शिक्षाबाटै सबै क्षेत्रको सुधार, विकास, रुपान्तरण हुने भएकाले त्यसका लागि गुणस्तरीय र व्यवहारीक शिक्षा अहिलेको मुख्य आबस्यकता भएको बताउनुभयो । शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने र विद्यार्थीहरु रमाईलो मानेर कसरी विद्यालयमा आउछन् भन्ने गराउन पनि यो तालिम आबस्यक भएको उहाँको भनाई छ । पूर्व प्राथमिक तहको शिक्षामा सुधार ल्याउन यस बर्षको नीति कार्यक्रममा बिषेश जोड दिईएको समेत उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले जगबाटै शैक्षिक गुणस्तरमा सुधार ल्याउने सोचका साथ घोराही उपमहानगरपालिका लागेको बताउनुभयो । पढाउने भन्दा सिकाउनेमा बिषेश ध्यान दिन उहाँले सुझाब दिनुभयो । अब विद्यार्थीहरुले डराएर हैन रमाएर पढ्ने बाताबरण बनाउन पनि शिक्षकहरुमा पढाई सिपमा निखारता हुनुपर्ने बताउनुभयो ।

सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले कसरी शैक्षिक सामाग्रीहरु बनाउने र विद्यार्थीहरुको सिकाईमा त्यसको प्रयोग कसरी गर्ने भन्नेमा तालिमलाई केन्द्रित गर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण बिपना बर्तौलालले गर्नुभएको थियो । तालिमको प्रशिक्षकहरुमा विमला शर्मा र आशा चौधरी रहनुभएको छ ।

Facebook Comments