• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमृतपुर खानेपानीका पदाधिकारीद्वारा २० लाख रकम अनियमितता, संस्थामा तालाबन्दी




हेमन्त प्रकाश ओली
तुलसीपुर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर ९ नमुनानगरमा आर्थिक अनियमितता भएको पुष्ठि भएको छ ।

आर्थिक अनियमितता भएको सुचनाको आधारमा आज उपभोक्ताहरुद्वारा कार्यालयमा गइ बुझ्दा करिव २० लाख ४९ हजार ९ सय आठ रुपैयाँ बराबरको रकम संस्थाका कार्यसमितिद्वारा अपचलन गरिएको पुष्ठि भएको हो ।
संस्थाकै अनुसार संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेलले दुई लाख पैतिस हजार (२,३५,०००/-) , संस्थाका सचिव दशरथ वलीले दुई लाख छपन्न हजार नौ सय (२५६९००/-) र संस्थाका कोषाध्यक्ष केशव ओलीले पन्ध्र लाख अन्ठाउन्न हजार रुपैयाँ (१५५८०००/-) नगद बिगत लामोसमयदेखी संस्थाको खाताबाट आफुखुसी निकाली आर्थिक अपचलन गरेको बुझिएको छ ।

यस बिसयमा संस्थाका अध्यक्ष खरेलले पदाधिकारीहरुबाट पेस्की रकम उपलब्ध गराइ पाउ भन्ने निवेदनका आधारमा सो रकम उपलब्ध गराएको बताएका छन् । उनले भने – ‘बिधानमा के छ मैले पढेको छैन व्यवहारिक रुपले समस्या परेको भनेपछी रकम दिइएको हो । कागज गराएको छु । पैसा फिर्ता आउँछ ।’

यता लाखौं रकम हिनामिना भएपछी सोधपुछका लागि कार्यालय पुगेका उपभोक्ताहरुले आर्थिक अपचलन गरेको रकम असुलउपर गराइ , नैतिक आचरण भ्रष्ट देखिएका व्यक्तिहरुलाइ आवश्यक कारवाही गरि जनताको सम्पत्तीको सुरक्षा गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।

यस्तै उपभोक्ताहरुले रकम अनियमिततामा संलग्नहरुलाइ कारवाहीको मागसहित तुलसीपुर उपमहानगरपालिका , इलाका प्रशासन कार्यालय तुलसीपुर , इलाका प्रहरी कार्यालय तुलसीपुर , तुलसीपुर वडा नं. ३ , ८ र ९ को कार्यालय र खानेपानी डिभिजन कार्यालय दाङलाई समेत पत्राचार गरेका छन् ।

संस्थाका पुर्व कोषाध्यक्षहरु भिमकान्त बस्याल (संगित) , बिजय मल्ल , जितबहादुर खड्का र उपभोक्ताहरुको नेतृत्वको टोलिले कार्यालयमा तालाबन्दी गरेको हो । साथै उपभोक्ताहरुले सामान खरिद प्रक्रिया , खर्च प्रणाली लगाएतका विषयमा समेत आवश्यक छानवीन गर्न माग गरेका छन् ।

संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेल र सचिव दसरथ वली नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने कोषाध्यक्ष केशव वली नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् ।

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था २०५० सालमा स्थापना गरिएको पुरानो खानेपानी संस्था हो । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ , ८ र ९ का उपभोक्ताहरुलाई खानेपानी वितरण गरिरहेको छ ।

Facebook Comments