• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बहुकक्षा बहुस्तर शिक्षण विधिसम्बन्धी ८ दिने तालिम जुगारमा सुरु




अमृत वली

जुगार । त्रिवेणी गाउँपालिका रोल्पाको आयोजनामा बहुकक्षा बहुस्तर शिक्षण विधिसम्बन्धी ८ दिने तालिम बुधबारदेखि नव नेपाल क्याम्पस जुगारमा सुरु भएको छ । त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा बोल्दै अध्यक्ष मगरले शिक्षकहरु समुदायको एक जिम्मेवारी व्यक्ति भएको बताउनु भएको छ ।

तालिमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण समेत गर्नु भएका अध्यक्ष मगरले समुदायमा पढेलेखेका मानिसहरु कमै हुने भएको हुँदा अभिभावकहरुले आफ्ना बालबच्चाहरु सबै शिक्षकको जिम्मा लगाएका हुन्छन् । त्यस्तै समाजमा कुनै पनि स-साना काम कार्यहरु गर्दा पनि शिक्षक संग सर-सल्लाह मागेर काम गर्ने गर्छन् ,´त्यसैले शिक्षकले पनि समुदायलाई नेतृत्व गर्ने एक नेतृत्वकर्ताको रुपमा आफुले बुझेको बताउनु भयो । त्यस्तै उहाँले त्रिवेणी गाउँपालिकाको भौगोलिक सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य लगायत त्यहाँको अवस्थाको बारेमा सबैले बुझेको कुरा रहेकोले अब उक्त समस्यालाई सहज र समाधान गर्न शिक्षक, अभिभावक,र सम्बन्धित सरोकारवाला निकाय समन्वय गरेर शिक्षा क्षेत्रलाई उकास्नु पर्ने बताउनु भएको छ ।

त्रिवेणी गाउँपालिका भित्रका १७ वटा विद्यालयका ३० शिक्षकहरुलाई बहु कक्षा,बहु स्तर शिक्षण पद्धतिको परिचय उदेश्य तथा महत्त्व,भिन्नता कक्षा कोठा व्यवस्थापन परिचय र तरिका,ब्यबहारिक अभ्यास पुनरावलोकन एकीकृत पाठयक्रम कक्षा १-३परिचय अवधारण कार्यान्वयनको अवस्था,राष्ट्रिय प्रारम्भिक कक्षा पढाई दोस्रो चरण कार्यक्रम सम्बन्धि जानकारी,कक्षा कोठामा विद्यार्थी बसाई व्यवस्थापन,नेपाली विषय हाम्रो सेरोफेरो, अङ्ग्रेजी, गणितको शैक्षिक सामग्री निर्माण र प्रयोग तरिका र ब्यबहारिक अभ्यास लगायतको विषयमा प्रशिक्षण दिइने शैक्षिक सशक्तीकरण केन्द्रका दिपक रोकाले जानकारी दिनुभयो ।

वर्तमान समयमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइलाई सिकाइको सन्दर्भमा नवीन प्रयोगका रुपमा लिने गरिएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइले विभिन्न कक्षाका विभिन्न सिकाइ स्तर भएका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सिकाउने तरिकालाइ जनाउँछ । यस किसिमको सिकाइमा विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार एकै परिवेशमा बसेर सिक्ने अवसरप्राप्त गर्दछन् । बहुकक्षा बहुस्तर शिक्षण सिकाइमा विभिन्न उमेर समूहका बालवालिकाहरुको वैयक्तिक विभिन्नतालाई समेटेर सबैको आवश्यकता, रुचि तथा क्षमताको सम्बोधन हुने गरी शिक्षण सिकाइ प्रक्रिया अवलम्बन गरिएको हुन्छ । यस सिकाइमा एक भन्दा बढी कक्षाका फरक फरक सिकाइ स्तर भएका बालवालिकाहरु एकै समयमा एउटै कक्षाकोठामा र एउटै बसाई व्यवस्थापनमा रहेर सिक्ने गर्दछन् । यसका लागि शिक्षक भने एक पटकमा एक जना मात्रहुने गर्दछ । व्यक्तिले आफ्नो क्षमता अनुसार आफै सक्रिय भएर हुने सिकाइले यस प्रक्रियामा निरन्तरता पाउने गर्दछ ।

सो तालिमको प्रशिक्षकमा शैक्षिक सशक्तीकरण केन्द्रका दिपक रोका र जर्मन नेपाल सहयोग संघका केदार ढोला रहनु भएको छ । उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , कार्यपालिका सदस्य सम्झना तिरुवा ,शिक्षा शाखा प्रमुख लिला घर्ती , रोजगार सहायक धन बहादुर बस्नेत, लगायत १७ विद्यालयका शिक्षक, शिक्षिका रहनुभएको थियो ।

Facebook Comments