• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायीहरूको समस्या संवोधन गर्न मेरो उम्मेदवारी 




दिपक कुमार बस्नेत
महासचिव पदका उम्मेदवार
विजौरी उद्योग वाणिज्य संघ
बिजौरी उद्योग वाणिज्य संघको संयुक्त लोकतान्त्रिक प्यानलबाट महासचिव पदका दिपक कुमार बस्नेत उम्मेदवार छन् । उनै बस्नेतसंग हामीले कुराकानी गरेका छौं ।
बिजौरी उद्योग वाणिज्य संघमा महासचिव पदमा तपाईको उम्मेद्धारी किन ?
समग्र बिजौरी उद्योग व्यवसायीहरूको हक, हित र अधिकार सुनिश्चित गर्न, बिजौरी क्षेत्रको विकासका निमित्त पहल गर्न, उद्योग वाणिज्य संघका हरेक गतिविधि राष्ट्रिय रूपमा पहिचान गराउन मेरो उम्मेद्धारी हो ।No description available.
विजौरी उद्योग वाणिज्य संघलाई कसरी विकास गर्ने सोचमा हुनुहुन्छ ?
अहिले हामी तुलसीपुर उपमहानगरपालिकाको १५, १६, १७, १८ र १९ नं. वडामा यस उद्योग वाणिज्य संघलाई विस्तार गरेका छौं । आगामी दिनहरूमा यसको क्षेत्र पनि विस्तार गर्न हरेक विकासका कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघले पहल गर्ने वर्तमान समयमा आसपमसमा रहेका पर्यटकीय क्षेत्रहरूलाई प्रदेश र केन्द्र सरकारसंग बजेटको पहल गरि सुन्दर बिजौरी विकशित बिजौरीको रूपमा पहिचान गराउने, त्यस्तै हाजको समयमा बिजौरी उद्योग वाणिज्य संघका हरेक गतिविधिहरू डिजिटल रूपमा विकास गर्ने, यसले हरेक गतिविधि सामाजिक सञ्जाल मार्फत देशभरी नै सबैलाई जानकारी होस् र महत्वपूणर् अर्कोकुरा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सबै खालका उत्पादनलाई विकास गर्ने मेरो योजना रहेको छ । अहिलेको अवस्था अत्यन्तै गम्भीर खालको छ,
आर्थिक रूपमा यसलाई व्यवसायीहरूसंग कसरी हातेमालो गर्नु हुन्छ ?
धन्यावाद यो प्रश्न अहिलेको अवस्थामा एकदमै महत्वपुणर् छ । आज मुलुक आर्थिक रूपमा एकदमै कमजोर अवस्थामा छ । त्यसैले आज उद्योगी व्यवसायीहरू अप्ठ्योमा हुनुहन्छ । यो सबैलाई अवगत नै छ । यस्तो अवस्थामा व्यवसायीहरूलाई सहजता बनाउन मेरो भूमिका हुनेछ ।
जस्तै १. घर भाडा समयानुकुल समायोजन गर्ने, २ . बैक तथा वित्तीय संघ संस्थाहरूसंग समन्वय गरि व्याज र कर्जाका विषयमा सकारात्मक पहल गर्नेछु ।
बिजौरी क्षेत्रका व्यवसायी तथा उद्योगहरूलाई सुरक्षित गर्न तपाईको योजनाहरू के-के छन् ?
बिजौरी उद्योग वाणिज्य संघको कार्यक्षेत्र पर्ने सम्पूणर् उद्योगी व्यवसायीहरूलाई सुरक्षित गर्नका निमित्त पहिलो कुरा सबै चोकमा सि.सि क्यामेराको व्यवस्था गर्छु, सडक बत्तिहरूको व्यवस्था गर्छु र हरेक ठाउँमा फोहोर व्यवस्थापनका निमित्त फोहोर मलाई लेखिएको डस्टबिनहरूको व्यवस्था गर्नेछु, अस्त व्यस्त बढ्दो व्यापारलाई व्यवस्थित, सुन्दर र सरुक्षित रूपमा व्यवस्थापन गर्नेछु ।
बिजौरी उद्योग वाणिज्य संघ बिजौरीका उद्योगि तथा व्यवसायीसंग तपाईको केहि प्रति बद्धताहरू छन्? पक्कै पनि सम्पूणर् मेरा मतदाताहरूसंग मेरा प्रतिवद्धता छन्
१. सम्पूणर् उद्योगी व्यवसायीहरूमा प्रतिवद्धता के व्यक्त गर्न चाहन्छु भने सधै उद्योगी व्यवसायीहरूका हक, हित र अधिकार प्राप्तीका लागी अग्रपंत्तिमा रहेर काम गर्नेछु ।
२.बिजौरी उद्योग वाणिज्य संघको कार्य क्षेत्रभित्र पर्ने हरेक पर्यटकिय क्षेत्रलाई पहिचान गरि पर्यटन प्रवद्र्धनका निमित्त पहल गर्नेछु ।
३. बजार तथा यस क्षेत्रलाई सरक्षित बनाउन बिजौरी तथा बेलझुण्डीमा रहेको प्रहरी चौकी स्तर वृद्धि गर्ने पहल गर्नेछु ।
४.यस वाणिज्य संघको क्षेत्रभित्र पर्ने मठमन्दिरहरूको सुरक्षा गरि पुनःनिर्माणका निमित्त पहल गर्नेछु ।
५.बजार क्षेत्र भित्र पर्ने सार्वजनिक ठाउँमा वृक्षरोपन गरि वातावरण स्वच्छ बनाउँन मेरो पहल हुनेछ ।
६.प्रादेशिक आयूर्वेद चिकित्सालयलाई थप सेवा प्रभावकारी बनाउन पहल गर्नेछु ।
७.स्थानीय स्तरको कृषि जन्य वस्तुलाई बजारीकरण र प्रवद्र्धन गर्नेछु ।
अन्त्यमा आफ्ना मतदाताहरूलाई केहि भन्न चाहानुहुन्छ ?
सर्वप्रथम बिजौरी उद्योग वाणिज्य संघमा आवद्ध हुनु भएका सम्पुणर् उद्योगी, व्यवसायी साथीहरूमा हार्दिक नमन गर्न चाहन्छु र तपाईहरूले दिने हरेक मतलाई आत्मसम्मानमा कहिल्यै घात गर्ने छैन र सहि उम्मेद्धारलाई मत दिएको रहेछु भन्ने बनाउने छु । तपाईहरू सबैको भोट दिपक कुमार बस्नेतलाई र सम्पूणर् लोकतान्त्रिक संयुक्त रेश्मीराज खड्काको टिमलाई दिनुहुने छ भन्ने पूणर्रूपमा विश्वास लिएको छु ।
Facebook Comments