• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जाल्पा सामुदायिक लघुवित्तले २ करोड २८ लाखबोनस सेयर जारी गर्ने




जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाखरुपैया बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममाकायम रहेको चुक्तापुँजी १६ करोडको १४ दशमलब २५ प्रतिशत२ करोड २८ लाखबोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।

यस्तै बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनकालागि २०७९ असार मसान्तमाकायम रहेको चुक्तापुँजी १६ करोड रुपैयाको शून्यदशमलब७५ प्रतिशत१२ लाखरुपैया लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय पनि गरेको छ ।साधारण सभापश्चात संस्थाको चुक्तापुँजी १८ करोड २८ लाख रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का अध्यक्षवीर बहादुर अधिकारीको अध्यक्षतामाभएको साधारण सभाले नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुबित्त बित्तीय संस्थाहरुसँग गाभ्ने (मर्जर) तथाप्राप्ती (एक्विजिशन) सम्बन्धमाआवश्यककार्य गर्नेनिर्णय गरेको छ ।

संस्थाकाप्रमुखकार्यकारी अधिकृतबिमला योगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण संस्थाकानायवप्रमुखकार्यकारी अधिकृत अशोक कुमार आर्चायले गर्नुभएको थियो ।
‘स्वच्छ लघुवित्त हाम्रो अभियान, घर–घरमाउद्यम फैलाउगरिबीलाई शून्यबनाउ, जल्पा सामुदायिकको लघुवित्तीय आधार सशक्तीकरण र स्वरोजगारीको पूर्वाधार’ भन्ने मूल नाराकासाथबुटवलमा केन्द्रियकार्यालय रहेर जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले सेवादिईरहेको छ ।

संस्थाले सामुहिकजमानीमाबिनाधितो कर्जा सेवा, धितो कर्जा सेवा, सदस्य सुरक्षण कार्यक्रम, ग्रामीण कर्जा÷पशु बिमाकार्यक्रम सेवा, एस.एम.एस र ट्याब बैकिङ सेवा, रेमिट्यान्स सेवा, बिउ बिजन÷फलफुलकाबिरुवावितरण कार्यक्रम, सदस्यक्षमताअभिवृद्धि÷व्यवसायिक तालिम, सदस्य सम्मानतथाप्रोत्साहन, वित्तीय साक्षरताकार्यक्रम, उद्यमविकास कार्यक्रममार्फत सेवाहरु प्रदानगरिरहेको छ ।

Facebook Comments