• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रास्वपाको स्थापना दिवसमा एक सय १८ जनाले गरे रक्तदान




दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसका अवसरमा दाङको चार स्थानमा गरेर एक सय १८ जनाले रक्तदान गरेका छन् ।

घोराही, तुलसीपुर, लमही र अमेलियामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर रक्तदान गरी पार्टिको स्थापना दिवस मनाईएको हो ।

बिभिन कार्यक्रम गर्दै स्थापना दिवस मनाउने क्रममा पाँचौ दिन घोराहीमा पार्टिका नगर सभापति श्रीधर पान्डेयको अध्यक्षता तथा नगर सचिव बिमल जैसी, लुम्बिनी प्रदेश प्रक्षिण बिभाग प्रमुख सुशील अधिकारी, लुम्बिनी प्रदेश गुनासो बिभाग प्रमुख शिला डागी, दाङ जिल्ला उपसंयोजक रविन थापा, क्षेत्र न १ का क्षेत्रीय सदस्य भुवन आचार्य, दाङ क्षेत्र नंम्वर २ का क्षेत्रिय सभापति प्रतिभा भन्डारी, असिम भुसाल तारा प्रसाद न्यौपाने लगायत उपस्थितमा घोराहीमा २६ जनासहित दाङ जिल्लाभरी ११८ जनाले रक्तदान गर्नुभएको छ ।No description available.

असार १ गते वृक्षारोपण गरेर सुरु भएको साताव्यापी स्थापना दिवसका कार्यक्रम अन्तरगत आज पाचौ दिन रक्तदान गरिएको पार्टिका घोराही नगर सचिव बिमल जैसीले जानकारी दिनुभएको छ ।

Facebook Comments