• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य




करण केसीको कीर्तिमानी बलिङको सहयोगमा जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले २ सय ८ रनको लक्ष्य पाएको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।
अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो ।
पाँचौ विकेटका लागि गजानन्द सिंह र मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए ।
गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए ।
छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।
सातौं विकेटका लागि जाहान्गिर निर्शग पटेलले ५४ बलमा ३४ रनको साझदारी गरे । पटेलले २५ बल खेलेर ८ रन बनाए ।
आठौं विकेटका लागि जाहान्गिर र जसदिप सिंहले ४१ बलमा ४२ रनको महत्वपूर्ण साझेदारी गरे । जसदिपले २५ बलमा १२ रन बनाए ।
नवौं विकेटका लागि जाहान्गिर र सौरभ नेत्राभाल्करले ३२ बलमा ३७ रनको साझेदारी गरे ।
नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान २२ तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान ११ विकेट लिए ।
दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।
तीव्र गतिका बलर सोमपाल कामी औलाको चोटको कारण बाहिर रहेका छन् । सोमपालको स्थानमा देब्रे हाते स्पिनर ललित नारायण राजवंशीले मौका पाएका छन् ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
Facebook Comments