• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १३ मा लागु पदार्थ दुर्व्यसन सम्बन्धी अभिभावकलाई प्रशिक्षण




घोराही । समाज कल्याण केन्द्र नेपाल दाङको आयोजनामा तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १३ को आर्थिक सहयोगमा सोमवार लागु पदार्थ दुर्व्यसन सन्बन्धि अभिभावक सँग प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

केन्द्रका अध्यक्ष निर्माला गौतमको अध्यक्षता तथा वडा अध्यक्ष डुल्लुराम पोखरेलको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमको विशिष्ट आतिथ्यतामा एक औपचारिक कार्यक्रम अभिभावकलाई प्रशिक्षण दिईएको हो ।

कार्यक्रममा डिएसपी गौतम र नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै आफ्ना किशोरावस्थाका बालबालिकामाथि निगरानी बढाउन आवश्यक रहेको बताउनु भएको थियो । किशोरावस्थाको समयमा उनिहरु संगसाथिको लहलही तथा यसको शेवण गर्दा कस्तो हुन्छ भन्ने जिज्ञासाका कारण पनि यसमा फस्ने गरेको भन्दै अभिभावकले उनिहरुको दैनिकमा पनि निगरानी बढाउदै लैजान आवश्यक रहेको बताउनुभयो ।

वडा अध्यक्ष पोखरेलले समाजमा दैनिकरुपमा विकराल रुप लिदै गएको लागु औषध दुर्व्यसन न्यूनिकरणका लागि घरपरिव, टोल, वडाहुदै सरोवकारवाला सबैको सहकार्यमा काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा वडा भित्रका टोल विकास संस्थाका पदाधिकारी तथा अभिभावक एवं सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । नयाँ पाईला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख शुरेस भुषाल, संस्थाका सदस्यहरु पुजा योगी, पार्वता योगी, भगवती पोखरेल तथा संस्थाका शभचिन्तकहरु प्रदिप बेलबासे, जगन्नाथ योगीलगाएतको सहभागिता रहेको थियो ।

संस्थाका सहसचिव अन्जना मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सजिकरण केन्द्रका महासचिव जानुका केसीले गर्नु भएको थियो ॥

Facebook Comments